एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार १७:१६
file-photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बुधबारका लागि आह्वान गरिएको राष्ट्रिय सभा स्थगित भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने आफ्ना धारणा राखेका थिए । समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।

यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोधपछि स्थगित भएको थियो ।