पाकिस्तान रेल दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३० पुग्यो

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार ०९:१३
सांकेतिक तस्वीर

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने एक सय जना घाइते भएका छन् ।

कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो ।

रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।