डेंगू संक्रमितको सहयोगमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार ०८:४९

काठमाडौं । नेपाली कांग्रेसले डेंगू रोगको महामारीबाट पीडितको सहयोगमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसले स्थानीय नेता तथा पार्टी सदस्यलाई आह्वान गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै महामारी नियन्त्रणका लागि दिगो र प्रभावकारी समाधान खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसले बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघ संस्थालाई थप जिम्मेवारपूर्वक कार्य गर्न आग्रह गरेको छ ।