मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ । मिटर व्याजसँग सम्बन्धित ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पुनः पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो ।
प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको उक्त विधेयक पुनः पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो ।
विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतिले पारित भएको हो । सो विधेयक अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ ।
