एमाले मकवानपुरले मनायो ४५ औं पुष्पलाल स्मृति दिवस
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आइतबार हेटौंडामा मनाइएको छ ।
नेकपा एमाले मकवानपुरले आज बिहान हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यालय अगाडि रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको हो ।
साथै एमाले मकवानपुरले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको थियो ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्यद्वय रामेश्वर राना, कृष्णप्रसाद दाहाल, प्रदेश सदस्यहरु क्रमशः अनन्त पौडेल, रघुनाथ खुलाल, नारायण सापकोटा, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देललगायत नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
