नेकपा माओवादी केन्द्रका ५ नेता भारत प्रस्थान

तु खबर संवाददाता
२०८० श्रावण ७, आईतवार १८:३८

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत प्रस्थान गरेका हुन् ।

उनीहरु भाजपाको निमन्त्रणमा चनरथ गएका हुन् । उनीहरु भारतमा रहँदा ‘भाजपालाई चिन्नुस्)’ भन्ने कार्यक्रमका साथै अन्य राजनीति भेटघाट पनि हुने भुसालले यसअघि नै बताएकी थिइन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२ औं स्थापना दिवसको अवसर पारेर अन्य दलका दलहरुसँग भाजपालाई चिन्नुस् नामक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएका छन् ।