एमाले मकवानपुरको आयोजनामा दुई दिने तालिम
मकवानपुर । नेकपा एमाले मकवानपुर विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागले दुई दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिमको आयोजना गरेको छ । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त तालिम शुक्रबार र शनिबार हेटौंडामा भएको हो ।
विभिन्न कारण उत्पन्न हुन सक्ने विपदबाट आम नागरिकलाई जोगाउनका लागि उक्त तालिमको आयोजना गरिएको नेकपा एमाले जिल्ला विपद् व्यवस्थापन् तथा स्वयम्सेवा विभाग मकवानपुरका प्रमुख शिवहरि दाहालले जानकारी दिए ।
नेकपा एमालेले जिल्ला स्तरमा ५० जना विपद् स्वंमसेवक गठन गरी जनताको हितमा परिचालन गरिएको अध्यक्ष दाहालले बताए ।
तालिम कार्यक्रमको समापन शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले गरेका थिए । समापन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, सचिब नवीन सिग्देल, सचिवालय सदस्य सुमित्रा काफ्ले, राजन थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
