कांग्रेसले सदस्यता विस्तार अभियान संचालन गर्ने

तु खबर संवाददाता
२०८० श्रावण २, मंगलवार १५:४१
file-photo

काठमाडौं । नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान संचालन गर्ने भएको छ । उक्त अभियानबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कांग्रेसले कार्ययोजना अघि सारेको हो ।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घर–घर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान संचालन गर्ने योजना प्रस्तुत गरेका हुन् ।

उनका अनुसार क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ ।