कांग्रेसमा थप २२ वटा विभाग थप्न प्रस्ताव

तु खबर संवाददाता
२०८० श्रावण २, मंगलवार १५:३३
file-photo

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको छ ।

थापाका अनुसार, विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ ।

साथै हरेक ६–६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्नेछ ।