इन्जिनियर्स एशोसिएसनद्वारा बालआश्रम र बृद्धाश्रमलाई सहयोग

तु खबर संवाददाता
२०८० श्रावण २, मंगलवार १३:०६

मकवानपुर । नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश समितिले ६१ औँ इन्जिनियर दिवसको अवसरमा आज सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बालआश्रम र बृद्धाश्रमलाई सहयोग गरेको छ ।

एशोसिएसनले हेटौंडा ११ नवलपुरस्थित अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मामाघर नेपालमा खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

एशोसिएसनका बागमती प्रदेश अध्यक्ष रोहिणी पौडेलसहितको इन्जिनियरहरुको टोलीले मामाघर नेपालमै पुगेर ११ हजार बराबरको खाद्यान्न उपलब्ध गराएको हो ।

त्यस्तै हेटौंडा–२ चौकीटोलस्थित ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुका लागि १५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको एशोसिएसनका आजिवन सदस्य रविन पाठकले जानकारी दिए ।

त्यस्तै सोही बृद्धाश्रमलाई २३ हजार बराबरको स्टेचर सहयोग उपलब्ध गराइएको समेत पाठकले बताए ।

एशोसिएसनले आज दिउँसो २ बजेपछि होटल सामनामा प्राविधिक सेमिनारको समेत आयोजना गरेको छ ।