एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
छलफलमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर विषयबीतु राखिरहेका छन् ।
पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनित गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।
