नेता बानियाँद्वारा ४० घरपरिवारलाई खाद्यान्न वितरण

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार १६:२२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ का विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले भीमफेदी २ को पुरानो गाउँ, दमार र चौकीडाँडा टोलका गरिव, विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

नेपाली कांग्रेस भीमफेदी गाउँपालिका–२ का वडा सभापति मञ्जु थापाको सभाध्यक्षता भएको कार्यक्रममा प्रतिघरधुरी ३० किलोको एक बोरा चामल वितरण गरिएको हो ।

खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिबको सेवामा सधैं समर्पित रहने बताउँदै वर्षातको समयमा गरिब र विपन्न जनतालाई केही राहत हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताए ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले कांग्रेस सधैं जनताको दुःख, पीडा र साथ सहयोगमा रहिरहने बताउँदै आगामी दिनमा पनि गरिव, विपन्न परिवारलाई दुःख अफ्ट्यारोमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय राजन भट्ट र प्रज्वल दवाडी, कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि शेरबहादुर परियार, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज खतिवडा, भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, सम्बृृद्ध आधार नेपालका केन्द्रीय उपाध्यक्ष दीपा पौडेल बानियाँ, कांग्रेस मकवानपुर २ (क) का प्रदेश क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।