रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

तु खबर संवाददाता
२०८० असार १४, बिहीबार १५:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ ।

नागरिकको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

बेथिति, भ्रष्टाचार, विकास योजनामा ढिलासुस्तीजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

कुन जिल्लाको जिम्मवारी कसलाई ?

डोलप्रसाद अर्याल– बारा, धादिङ, कञ्चनपुर र कैलाली ।
विराजभक्त श्रेष्ठ–गुल्मी, दार्चुला, अछाम र पाल्पा ।
सन्तोष परियार– भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा ।
निशा डाँगी– झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ ।
गणेश पराजुली– ओखलढुङ्गा, खोटाङ, सिरहा र डडेलधुरा ।
सोबिता गौतम– दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरको ।
सुमना श्रेष्ठ– रसुवा, काठमाडौं, रुकुम पूर्व र रुकुम पश्चिम ।
डा.तोसिमा कार्की– ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर ।
शिशिर खनाल– रोल्पा, दाङ, सर्लाही र सप्तरी ।
हरि ढकाल– सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर ।
डा. स्वर्णिम वाग्ले– गोरखा, पर्सा, बैतडी र तनहुँ ।
डा. चन्दा कार्की– भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी ।
असिम साह– काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु ।
लक्ष्मी तिवारी– प्युठान, परासी, बर्दिया र बाँके ।
अशोककुमार चौधरी– धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी ।
शिव नेपाली– लमजुङ, म्याग्दी, पर्वत र कास्की ।
बिनिता कठायत– जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा ।
विन्दबासिनी काङ्सकार– स्याङ्जा, बाग्लुङ र मकवानपुर ।