आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोे छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति सातै प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
