माओवादीको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने

तु खबर संवाददाता
२०८० असार ७, बिहीबार १५:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने भएको छ । बैठकमा पार्टी एकतासहित संगठनलाई चलायमान बनाउनेलगायतका विषयमा छलफल हुने भएको छ ।

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि पहल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा यसबारेमा पनि छलफल हुने पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

असार २३ गतेदेखि चार दिनसम्म चल्ने बैठकमा पार्टीको २ महिने अभियान, सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको विषयमा छलफल हुने जनाइएको छ ।