रास्वपाद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १९:०७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ ।

भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक आह्वान गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक आह्वान गरिएको महामन्त्री ढकालले बताए ।