प्रतिनिधि सभा बैठकमा आजबाट विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको भएको हो ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
