बागमती प्रदेश सभाको बैठक आह्वान

तु खबर संवाददाता
२०८० जेष्ठ २९, सोमबार १६:०६

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही जेष्ठ ३२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेष्ठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक पनि आह्वान गरिएको प्रमुख सचिव खड्काले बताए ।

प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।