जसपाको कार्यकारिणी समितिको बैठक जारी

तु खबर संवाददाता
२०८० जेष्ठ २७, शनिबार १५:४९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक हाज जारी छ । बैठकमा बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको हो ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

असार १० गतेदेखि काठमाडौंमा विधान अधिवेशन सुरु हुने भनिएको छ । जसपा अन्तरिम संविधानका आधारमा चलिरहेको छ । त्यही भएर विधान अधिवेशन गर्न लागिएको हो ।

विधानलाई समय सान्दर्भिक बनाउँदै पार्टीको महाधिवेशन पनि गराउने निर्णय पनि विधान अधिवेशनले गर्ने बताइएको छ ।