निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार ०८:२५

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलबीच आज जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल हुने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, आज बिहान साढे ११ बजे बस्ने बैठकमा उक्त विषयमा छलफल हुने भएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।

निर्वाचन कानूनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिए ।