जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
बैठक जेष्ठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार दिनको १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
