प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार ०८:३४
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।