कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए पदबाट राजीनामा
विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै माओवादीबाट मन्त्री बनेका दुई जना राजीनामा दिएका हुन् ।
कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईंँ र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो ।
संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।
