जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार ०९:२९

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।

जसपाले मंगलबार टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो ।

नेपाल बौद्धिक पेसाकर्मी महासंघको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने छ ।