शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस जारी

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार ०८:४०
file-photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारबाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।

न्यायायधिस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए ।

पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरुले थुनछेक बहस गरेका थिए ।

सो थुनछेक बहस जेष्ठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुने जनाइएको छ ।