आइतबार ५३ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचकको ७.३७ अंकले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ४.५४ प्रतिशतले बढेको छ ।



