एमाले सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार ०८:३६
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।

सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।

गत बैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।