माओवादीले बनायो ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन
काठमाडौं । नेकपा माओवादी केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई समेट्न ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन बनाएको छ । योसँगै माओवादी केन्द्रको भातृ संगठनहरुको संख्या २४ पुगेको छ ।
हाल देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ५१ सदस्यीय ‘रिटर्नी सेन्टर नेपाल’ राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । भेला सम्पन्न गर्न विभिन्न कमिटीहरु पनि गठन गरिएको छ ।
भिम लकान्द्रीको नेतृत्वमा विधान मस्यौदा समिति, निमेष वलीको संयोजकत्वमा डिजिटल तथा प्रचार प्रसार समिति, हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
यही जेठ २६ गते राष्ट्रिय भेला गर्ने तयारी भइरहेको प्रचार–प्रसार समिति संयोजक वलीले जानकारी दिए । उनका अनुसार, उक्त भेलाले तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्नेछ ।
