जसपाद्वारा लेखापरीक्षण प्रतिवेदनबारे आयोगलाई जानकारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजननिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो ।
सोहीअनुसार जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेवसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आयोगलाई जानकारी गराएको छ ।
