विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक आह्वान

तु खबर संवाददाता
२०८० बैशाख २७, बुधबार १६:४०
file-photo

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक आगामी जेठ ११ गतेदेखि कपिलवस्तुको शिवगढीमा बस्ने गरी आह्वान गरिएको हो ।

पछिल्लो समय स–साना पार्टीहरुसँग एकता गरेपछि एकता सहितको केन्द्रीय समिति बैठक बस्ने सचिवालय सदस्य सन्तोष बुढामगरले जानकारी दिए ।

बैठकमा आगामी कार्ययोजना र समाजवादी मोर्चा निर्माणका विषयमा समेत छलफल हुने भएको छ । बैठक केहीदिन संचालन हुने जनाइएको छ ।