सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा हाल जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो ।
आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
