१९ अंकले घट्यो नेप्से, ६० करोडमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।
नेप्सेमा रहेका सबै उपसूचकहरु आज राताम्य छन् । सबैभन्दा बढी हाइड्रोपावर उपसूचक २.०४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.७९ प्रतिशतले घटेको छ ।



