जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक बैशाख २७ गते बुधबार बस्ने गरी बोलाइएको हो ।
बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।
