सरकारमा सहभागीबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने रास्वपाका एक नेताले जानकारी दिए ।
उक्त बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय लिनेछन् ।
नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर, उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
बैशाख १० को उप–निर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।
