देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा हाल जारी रहेको छ ।
कांग्रेसबाट मन्त्रिपरिषदमा पठाउने थप नामको टुंगो लगाउनको लागि बैठक बसेको हो । बैशाख ३ मा आठौं पटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन ।
उप–निर्वाचनपछि थप मन्त्रीको शपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो । कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।
पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतको विषयमा पनि छलफल हुने भएको छ ।
