शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार १६:०४

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ ।

पछिल्लो समय शेयर बजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयर बजार झनै प्रभावित बन्न पुगेको देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ३ हजार ४४६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ भने नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् ।