यस्तो रहनेछ आजको मौमस
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार, आज पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै, कोशी प्रदेशका तराई भू–भागका एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ । पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
