उप–निर्वाचन : बारामा ४५ प्रतिशत मत खस्यो
२०८० बैशाख १०, आईतवार १६:२८
बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा–२ मा हाल मतदान जारी छ । मतदानको समय एक घण्टा मात्रै बाँकी रहँदा बारा निर्वाचन क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको छ ।
आइतबार दिउँसो ४ बजेसम्ममा बारामा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
बारा –२ मा महागढीमाई र पचरौता नगरपालिकासहित ५ वटा स्थानीय तहका ४४ वटा वडाहरु छन् । जसमा ८२ मतदानस्थल, १३७ मतदान केन्द्र र एक लाख ५ हजार २५८ मतदाता रहेका छन् ।
