चितवन २ मा रवि र रामप्रसादले भोट हाल्न नपाउने

तु खबर संवाददाता
२०८० बैशाख १०, आईतवार १०:१०

चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि उप–निर्वाचनको मतदान जारी छ । रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने भएका छन् ।

रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उप–निर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरिसकेका छन् ।

चितवन २ मा ४३ स्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।