मन्त्रिपरिषद् बैठक : राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार १८:४८
file-photo

काठमाडौं । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिए ।

‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भने, ‘ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।’