आज मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार १०:१९
file-photo

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज बेलुका ४ बजे बस्ने भएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो । आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।

अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो ।