अनेमसंघको केन्द्रीय कमिटिमा मकवानपुरका तीन जना
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय कमिटिमा मकवानपुरका तीन जना मनोनयन भएका छन् ।
काठमाडौंमा सम्पन्न अनेमसंघको सातौं राष्ट्रिय अधिवेशनबाट मकवानपुरका दुई जना र अधिवेशनपछि बसेको पहिलो बैठकले मकवानपुरबाट थप एक जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको हो ।
अधिवेशनले मकवानपुरबाट पद्मा पौडेल तथा मेनुका दाहाललाई केन्द्रीय सदस्यमा चयन गरेको हो भने केन्द्रीय अधिवेशनपछि भएको पहिलो बैठकले पार्वती रानालाई मनोनित गरेको नेकपा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले जानकारी दिइन् ।
