माओवादीको सचेतकमा रुपा सोशी चौधरी

तु खबर संवाददाता
२०७९ चैत्र २९, बुधबार ०८:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको हो ।

चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गछिन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।

बैठकले संसदमा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।