बागमती प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् निर्णय

तु खबर संवाददाता
२०७९ चैत्र २८, मंगलवार १६:१६

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेश सभामा पेश गर्न स्वीकृती दिर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती र प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।