आज यी प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना
२०७९ चैत्र २८, मंगलवार ०८:१२
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ भने बुधबार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
