‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार १६:०४
file-photo

काठमाडौं । राष्ट्रिय सभा बैठकबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले निर्णयार्थ पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यस्तै, बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/०७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ ।

दुवै प्रस्ताव प्रधानमन्त्री प्रचण्ड तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले पेश गरेका हुन् ।