नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १६:१२
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

बोनस शेयर सूचीकृत हुनेमा ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्स रहेको छ । ती कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरका कुल ८ लाख ३९ हजार ४८२ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्सकोे २.४० प्रतिशत दरको कुल २ लाख ३० हजार ८२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी दुवै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि खरिदबिक्री गर्न सकिनेछ ।