आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार ०७:५९
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू–भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।