सातामा ४१ अंकले घट्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार

तु खबर संवाददाता
२०७९ चैत्र २५, शनिबार ०८:५४

काठमाडौं । नयाँ अर्थमन्त्री डा.प्रकाशशरण महत आएसँगै सुरु भएको यो साताको शेयर बजारमा ४१ अंकको गिरावट आएको छ । साताको शेयर कारोबारको पाँचै दिन खुलेको नेप्से परिसूचक ४१.७६ अंकले घटेर १८६६.७९ अंकमा पुरेग रोकिएको हो ।

चैत्र १९ गते आइतबार खुलेको बजारमा २० अंकले घटेको थियो । यसैगरी, दोस्रो र तेस्रो दिन पनि क्रमशः नेप्से सूचक १६.६७ अंकले र ५.२० अंकले घटेर १८६६.६८ अंकको पुगेर रोकिएको थियो भने तेस्रो दिन मुस्किलले ८.३९ अंकले बढ्यो थियो ।

यस्तै, पाँचौँ दिन अर्थात् चैत्र २३ गते नेप्से सूचक पुनः ८.२८ अंकले घट्दै १८६६.७९ अंकमा पुगेर रोकिएको थियो ।

शेयर बजारमा गिरावट आएसँगै यो साता कारोबार रकम समेत साढे ४ अर्बको आसपासमा खुम्चिन पुगेको छ । यस साता जम्मा ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यसअघि अघिल्लो हप्ता ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।