प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेश
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक पेश भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पेश गरेका हुन् ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार) पेस गरिन् ।
यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयनको घोषणा गर्दै प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र २४ गते शुक्रबार दिनको १ बजे बस्ने जानकारी गराए ।
